अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्म ‘तिमी सँग’को प्रमोशनमा व्यस्त छिन् । उनको व्यस्तता पनि दिनहुँ बढिरहेको छ । चैत्र २३ गतेबाट रिलिज हुने फिल्मका लागि उनी दौडधुप गरिरहेकी छिन् ।
साम्राज्ञी अहिले दुब्लाएकी छिन् । तौल निकै घटाएकी साम्राज्ञीले अहिले प्रशंसा पनि पाइरहेकी छिन् । आखिर, साम्राज्ञीलाई यति साह्रो स्लिम हुन किन मन लागेको होला ? उनले, सबैले मोटाएको भनेपछि आफू दुब्लाएको बताइन् ।
उनको स्लिम फिगरका फ्यान पनि धेरै भएका छन् । साम्राज्ञी अहिले खानेकुरामा पनि आफूले धेरै कन्ट्रोल गरिरहेको बताउँछिन् ।
साम्राज्ञी उमेर बढ्दै गएपछि शरीरको हड्डीहरु पनि बढ्ने भएकाले विशेष ध्यान दिनुपर्ने बताउँछिन् ।