अनुपविक्रम शाही स्टारर फिल्म ‘कप्स’को पहिलो गीत सार्वजनिक भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘तिमी र म’ बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक उक्त गीतमा विजय घिमिरे र नीतु घिमिरेको स्वर रहेको छ भने शब्द तथा संगीत पनि विजय घिमिरेकै रहेको छ। गीतको भिडियोमा अनुप विक्रम शाही र सन्दिपा लिम्बुलाई फिचरिङ गरिएको छ।
‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को प्रस्तुतिमा तयार भएको फिल्म ‘कप्स’लाई सम्राट सापकोटाले निर्देशन गरेका हुन्। राम शाक्यले निर्माण गरेको फिल्ममा अमित गिरी, रामराज क्षेत्री, अनुपमा भण्डारी लगायतको पनि अभिनय रहेको छ। फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन्।
भिडियो :