चैत्र १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘जानी नजानी’को शिर्ष गीत सार्वजनिक भएको छ। फिल्म रिलिजको केही दिन अगाडि मात्र निर्माण युनिटले फिल्मको शीर्ष गीत सार्वजनिक गसरेको हो। सार्वजनिक उक्त गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ। मोदनाथ खनालको शब्द समावेश उक्त गीतमा अन्जु पन्त र प्रताप दासको सुन्न सकिन्छ।
प्रविण सिंहको करियोग्रफीमा तयार भएको भिडियोमा मनिष श्रेष्ठ र निरिषा बस्नेतलाई फिचरिङ गरिएको छ। भिडियोमा मनिष र निरिषालाई रोमान्टिक अवतारमा देखाइएको छ।
रोशनी केसीको निर्माणमा तयार भएको फिल्मलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन्। सागरकाजी माली र मोदनाथ खनालको लगानी रहेको फिल्ममा संजय लामाको छायांकन तथा अर्जुन जीसीको सम्पादन रहेको छ।
सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा सामिप्यराज तिमिल्सिनाको कथा, पटकथा तथा संवाद रहेको छ।