फिल्म ‘दाल भात तरकारी’को शीर्ष गीत सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै ‘दाल भात तरकारी’ बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतको भिडियोमा फिलमका मुख्य कलाकार हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मा फिचर छन्। रमाईलो र आकर्षक कोरियोग्राफीमा तयार पारिएको भिडियोमा प्रविण सिंहको करियोग्राफी रहेको छ।
सार्वजनिक गीतमा स्वर राजेशपायल राई र स्मिता दाहालको छ। हरिवंशको शब्द समावेश उक्त गीतमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन्।
सुदन केसीले निर्देशनमा बनेको फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन्। फिल्मले बैशाख २० गतेलाई प्रदर्शन मिति तय गरेको छ।