भारतमा अहिले चुनावको माहोल बनिरहेको छ। धेरै ठाउँमा चुनाव बहशको विषय बनिरहेको छ। बलिउड सेलिब्रेटीहरुमा पनि यसको प्रभाव बलियो बनेको छ। चुनावको चर्चा बलिउडमा पनि सुरु भइसकेको छ। धेरै सेलिब्रेटीहरुले भोट हाल्ने अधिकार पाएका छन्।
तर, नायिका आलिया भट्टले भने यो चुनावमा भोट हाल्न पाउने छैनन्। आलिया आफैँले यस कुराको खुलासा गरेकी हुन्। उनले एक मिडियामा अन्तर्वार्ता दिदैँ यस विषयमा बोलेकी छिन्। उनले भनेकी छिन्, ‘म भोट हाल्न सक्दिनँ, मेरो पासपोर्ट भारतको छैन्। त्यसैले भोट हालन नपाउने भए।’ तर, आलियाले भारतको पनि नागरिकता लिइसकेको बोलेकी छिन्।
अहिले आलिया फिल्म कंलकको प्रचारमा व्यस्त छिन्। यस फिल्मपश्चात आलियालाई रणवीर कपुरको जोडीका रुपमा फिल्म ‘ब्रम्हास्त्र’मा देख्न पाइने छ।