विश्वभर विभिन्न एयरलाइन्सबाट उडान भर्ने यात्रीले उडान अवधीभर विभिन्न भाषाका फिल्म हेरेर मनोरञ्जन लिइरहेका छन्। तर, नेपाली फिल्म यस्ता उडानमा हेर्न नपाउँदा नेपाली दर्शकले खल्लो मान्छन्। तर, अब यूएइको एक एयरलाइन्सले भने नेपाली फिल्म खरिद गर्न थालेको छ।
नेपालफ्लिक्सले युएइको एक लिडिङ एयरलाइन्सँग नेपाली फिल्म प्रदर्शन गर्ने गरि सहमती गरेको छ। यसको सुरुवात नेपाली फिल्म ‘हरी’बाट गरिदैछ।
एयरलाइन्सकै आग्रहमा एयरलाइन्सको नाम भने खुलाइएको छैन। काठमाण्डौ र विश्वका विभिन्न देशबाट यो एयरलाइन्सबाट उडान भर्दा दर्शकले ‘हरी’ हेर्न पाउने भएका छन्। सन् २०१९ को मे महिनाबाट ‘हरी’ फिल्म उडानमा उपलब्ध हुनेछ।
नेपालफ्लिक्स एक अनलाइन स्ट्रिमिङ प्लेटफर्म हो। जसले इन्टरनेटसँग जोडिएका दर्शकलाई सजिलैसँग र सस्तो रुपमा गुणस्तरको स्थानिय सामाग्री उपलब्ध गराउँदै आएको छ। यसरी अन्तरराष्ट्रिय उडानमा नेपाली फिल्म देखाउने क्रम बढ्दै गएको खण्डमा नेपाली फिल्मका निर्माताले आम्दानीको नयाँ श्रोत पनि पाउनेछन् भने नेपाली फिल्मको प्रचार विश्वाव्यापी रुपमा पनि बढ्नेछ।
अन्य फिल्मका मेकरसँग पनि यो बिषयमा कुराकानी भैरहेको नेपालफ्क्लिसका कन्ट्री म्यानेजर सार्थक जीसीले बताएका छन्।