निर्देशन दिवाकर भट्टराई अहिले नयाँ फिल्मको निर्माणमा जुटिरहेका छन्। हाल फिल्मको प्रि-प्रोडक्सनमा काम भइरहेको छ। यस फिल्ममा दीपिका प्रसाईंको मुख्य भूमिका रहने पक्का छ।
बुझिए अनुसार उक्त फिल्मका लागि नायक आर्यन सिग्देललाई अफर पुगेको छ। आर्यनले फिल्मको कथा पनि सुनिसकेका छन्। आर्यनले कथा मन पराएका छन्। तर, पक्का भने भइसकेका छैनन्।
लभ स्टोरी जनमा निर्माण हुने यस फिल्मको छायांकन दशैंपछि सुरु हुने बताइएको छ।
अहिले दिवाकर र दीपिका बिबाहको तयारीमा छन्। उनीहरुले मे ७ तारिखमा बिबाह गर्दैछन्। बिबाहपछि उनीहरु पूर्ण रुपमा फिल्मको काममा लाग्नेछन्।