रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को पोस्टर तथा टिजर सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति तय गर्दै आइतबार पोस्टर र टिजर सार्वजनिक गरिएको हो । फिल्मले आगमी भाद्र १३ गतेलाई रिलिज मिति पक्का गरेको छ ।
स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहने फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ, राजेन्द्र थापालगायतको अभिनय रहेको छ ।
‘बासुरी फिल्मस’को निर्माण र ‘सिनेमा आर्ट’को प्रस्तुति रहेको फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारको लगानी रहेको छ ।