श्रीलंकाको कोलम्बोमा भएको ‘सार्क फिल्म फेस्टिवल’मा नायिका स्वस्तिमा खड्काले अवार्ड हात परेकी छिन्। उनले ‘बुलबुल’बाट ‘स्पेशल जुरी अवार्ड– पर्फमेन्स’ हात परेकी हुन्।
त्यस्तै सर्ट फिल्म ‘टाटिनी’ले पनि विशेष मान्यता पुरस्कार (स्पेशल रिकेक्नाइजेशन) अवार्ड जितेको छ। ‘टाटनी’लाई अविनाश विक्रम शाहले निर्माण गरेका हुन्।
स्वस्तिमाले ‘बुलबुल’मा निर्वाह गरेको भूमिका निकै राम्रो भएको बताउँदै जुरीले स्वस्तिमालाई अवार्ड प्रधान गरेको हो। यस अघि फेस्टिवलमा नायिका गरिमा पन्तले ‘झोला’ फिल्ममार्फत् उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् ।
चलचित्र विकास बोर्ड नेपालले यस वर्ष ‘सार्क फिल्म फेस्टिबल’मा ‘प्रसाद’ र ‘बुलबुल’ प्रतिष्पर्धा विधामा पठाएको थियो। ‘हरी’ फिल्मले भने त्यहाँ सहभागी मात्र थियो । त्यस्तै सर्ट फिल्ममा मनोजबाबु पन्तको ‘अवशेष’लाई पनि विकास बोर्डले प्रतिष्पर्धामा पठाएको थियो।
सार्क फिल्म फेस्टिवलमा सहभागी हुन नायिका स्वस्तिमा खड्का र प्रसाद निर्देशक दिनेश राउत कोलम्बो पुगेका थिए।