अलि अब्बस जफरको निर्देशनमा बनेको फिल्म ‘भारत’ले बक्सअफिसमा राम्रो व्यापार गर्यो। नायक सलमान खान र नायिका कट्रिना कैफको मुख्य भूमिका रहेको ‘भारत’ले २ सय करोड बढिको व्यापार गर्न सफल भयो।
अब भने अलि अब्बस नयाँ निर्देशनमा जुटेका छन्। आफ्नै व्यानरमा निर्माण हुने फिल्मलाई उनले निर्देशन गर्ने तयारी गरिरहेका छन्। फिल्मको नाम पक्का नभएर पनि अहिले फिल्मको स्कृप्टमा काम भइरहेको छ।
यस्तैमा फिल्मको लागि अलि अब्बसले दुई मुख्य कलाकारसँग सम्झौता गरिसकेका छन्। यस फिल्ममा अहिलेको पुस्तामा निकै राम्रो क्रेज बनाएका नायक इशान खट्टर र नायिका आनन्या पाण्डे पक्का भएका छन्। फिल्मको स्कृप्ट अनुसार नै उनीहरुलाई लिइएको निर्देशक अब्बसले बताए।
फिल्म ‘धडक’मा काम गरेपछि इशानको धेरै चर्चा भएको थियो। यस फिल्मबाट उनले धेरै अवार्ड पनि हात पारेका थिए। त्यास्तै, फिल्म ‘स्टुडेन्ट अफ दि इअर २’बाट डेब्यु गरेकी आनन्याको पनि निकै तारिफ भइरहेको छ। अब भने दुबैलाई एकसाथ देख्न पाइने छ।