फिल्म ‘आइ एम ट्वान्टी वान’मा नायक धिरज मगर र नायिका जसिता गुरुङको जोडी पक्का भएको छ। फिल्मको निर्माण घोषणा कार्यक्रममा नै नायक धिरज पक्का थिए। नायिका जसितालाई भने निर्माण पक्षले हालै अनुबन्धित गरेको हो।
रेनशा वान्तवाको निर्देशनमा बन्ने यस फिल्मको वर्कसपको लागि लण्डनबाट धिरज नेपाल आइसकेका छन्। जसिता पनि केही दिनमा नै नेपाल आइपुग्ने निर्देशक वान्तवाले बताइन्। निर्देशक वान्तवाका अनुसार २ महिना वर्कसप गरेर तिहार पछि मात्र फिल्मको छायांकन सुरु गरिने छ।
लभस्टोरी जनरामा निर्माण हुने यस फिल्ममा जसिता र धिरजको जोडी बस्तो हुने हो भन्ने धेरैको चासोको विषय बनिरहेको छ। जसिताले यसअघि ‘लिलिबिली’ र ‘लभ स्टेशन’बाट दर्शकको मन जितिसकेकी छिन् भने धिरज डेब्यु फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाट नै चर्चामा छन्।