फिल्म ‘आमा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा नायिका सुरक्षा पन्तलाई केन्द्रमा राखिएको छ। पोस्टरमा पन्तले कपाल मुण्डन गरेको देखाइएको छ।
आमाको मृत्युपछि छोरीले आमाको काजक्रिया गर्नको लागि कपाल मुण्डन गरेकी हुन्। फिल्ममा मिथिला शर्मा आमा बनेकी छिन् भने सुरक्षा छोरी हुन्।
दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्ममा खनाल कै कथा रहेको छ। फिल्मलाई निर्देशकले नै खिचेका हुन्।
डिएस डिजिटलको ब्यानरमा निर्माण भएको यस फिल्ममा शर्मिला पाण्डेको लगानी रहेको छ। फिल्मले फागुन ९ गतेलाई रिलिज मिति पक्का गरेको छ।