दीपिका पादुकोणको मुख्य भूमिका रहेको फिल्म ‘छपक’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा दीपिकालाई चिन्न निकै गाह्रो हुन्छ।

यस फिल्म सन् २००५ मा नयाँ दिल्लीको सडकमा एसिड आक्रामणमा परेकी मालती नाम गरेकी एक यूवतीको कथामा तयार भएको हो। फिल्ममा दीपिकालाई एसिड आक्रामणमा परेकी यूवतीको भूमिकामा देखाइएको छ।
नायिका दीपिकाले आफूलाई हेरेर आफैँ तर्सिएको तर्क दिएको छिन्। ट्रेलरमा भएको आफ्न लुक्स हेर्दा उनी डराएकी हुन्।
मेग्ना गुल्जारको निर्देशनमा तयार भएको यो फिल्मलाई फक्स स्टार स्टूडियो, दीपिका पादुकोण, गोविन्द सिंह सन्धु र मेग्ना गुल्जारले निर्माण गरेका हुन्। अतिका चोहान र मेग्ना गुल्जारको लेखनमा तयार भएको यो फिल्म सन् २०२० को जनवरी १० मा रिलिज हुँदैछ।
 
                                                                                               







 
			   
			   
			   
			   
			  