सौगात मल्ल र श्रष्टि श्रेष्ठले मुख्य रहने फिल्म ‘माइकल अधिकारी’ले आफ्नो छायांकन प्ररम्भ गरेको छ। माघे संक्रान्तिको अवसर पारेर बुधबारबाट फिल्मको छायांकन सुरु गरेको हो। झापाको विर्तामोड पुगेर फिल्मले आफ्नो छायांकन सुरु गरेको हो। सार्वजनिक तस्विर हेर्दा सौगात र श्रृष्टिलाई निकै फरक अवतारमा देख्न सकिन्छ।
गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण हुन लागेको फिल्ममा उद्धव पौडेलको प्रस्तुतकर्ताको रुपमा रहेका छन् भने फिल्मलाई निरक पौडेलले निर्माण गरेका हुन्। चैत २८ गतेलाई रिलिज लक्ष्य राखेको फिल्ममा सौगात र सृष्टीसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायगतको अभिनय रहने छ।
केही साता अगाडि ‘माइकल अधिकारी’को थिम पोस्टर सार्वजनिक भयो। थिम पोस्टरमा एक गर्भवती महिललाई फिचर गरिएको थियो। महिलाको पेटमा बाधिएको चिटमा लेखिएको छ, ‘कोख भाडामा।’
यसैबाट फिल्मको कथा प्रष्ट हुन्थ्यो। फिल्मले सरोगसीको कथालाई प्रस्तुत गर्नेछ। रञ्जित रौनियारको कथा रहेको फिल्मलाई रौनियारले नै निर्देशन गर्नेछन्। फिल्मको पटकथा तथा संवाद शैलेश कंडेलले लेखेका छन्।