हलमा दर्शक नपाएको फिल्म ‘लालपूर्जा’ युट्युबमा रिलिज गरिएको छ। हलमा रिलिज भएको लामो समयपछि फिल्मलाई युट्युबमा राखिएको हो।
रिलिजपूर्व निकै चर्चामा रहेको यस फिल्मले हलमा भने दर्शक पाएको थिएन। समिक्षात्मक रुपमा पनि फिल्म निकै कमजोर ठहरिएको थियो। सौगात मल्ल र विपिन कार्की जस्ता स्टारहरुले पनि हलसम्म दर्शक तान्न सकेका थिएनन्।
तर, फिल्मले युट्युबमा भने फिल्मले राम्रै दर्शक पाइरहेको छ। फिल्मलाई युट्युबका दर्शकले भने रुचाएका छन्। धेरैले सौगात र विपिनको काम उत्कृष्ट भएको प्रतिकृया दिएका छन्।
निगम श्रेष्ठको निर्देशनमा तयार भएको यस फिल्ममा हरिहर शर्मा, मेनुका प्रधान, कामेश्वर चौरासियाको पनि मुख्य भूमिका रहेको छ। यसै फिल्मबाट नायिका मिरुना मगरले फिल्म क्षेत्रमा डेब्यु गरेकी थिइन्। फिल्मलाई विक्रम सिंह थारु र उमेश श्रेष्ठले निर्माण गरेका हुन्।