तेलुगु फिल्म अर्जुन रेड्डीको रिमेक फिल्म निर्देशनको लागि विशाल सापकोटा पक्का भएका छन्। ‘यूवा फिल्मस्’ले निर्माण गर्ने फिल्मलाई विशालले निर्देशन गर्ने भएङ्का हुन्।
विशालको निर्देशनमा बनेको फिल्म ‘सेल्फी किङ्ग’ रिलिजको तयारीमा छ। विशालले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्।
निर्देशकको रुपमा विशाल अनुवन्धित भएपछि अब निर्माणपक्ष कलाकारको छनोटमा लागेको छ। स्थापित कलाकार भएपनि अडिसनबाट नै कलाकार तय गरिने निर्माण पक्षले बताएको छ।
यस फिल्मको निर्माणमा जी २१ फिल्मस्ले पनि सहकार्य गर्ने भएको छ। जी २१ को तर्फबाट असिम शाह र आसिफ शाहले सम्झौता गरिसेका छन्।
नेपालमा विदेशी फिल्मको राइट्स नै लिएर फिल्म निर्माण भएको छैन। यसैले पनि यस फिल्मलाई दर्शकले प्रतिक्षा गरिहरेका छन्। यस फिल्म बलिउडमा समेत ‘कविर सिंह’को नाममा बनिसकेको छ।