नायक सलमान खानले हरेक इदमा आफ्नो नयाँ फिल्म रिलिज गर्ने गर्छन्। यस वर्षको इदमा सलमानको ‘राधे’ फिल्म रिलिज हुदैँछ। अर्को वर्षको इदलाई लक्षित गरेर सलमानले नयाँ फिल्म घोषणा गरिसकेका छन्। उक्त फिल्मको नाम जुरेको छ, ‘कभी इद कभी दिवाली’।
यस फिल्मको लागि नायिका भने पक्का भइसकेको थिएन। अब भने सलमानको जोडी बन्नको लागि पूजा हेग्डे तयार भएकी छिन्। निर्माण पक्ष र पूजाबीच सम्झौता पनि भइसकेको छ। पूजा सलमानसँग काम गर्नको लागि निकै उत्साहित छिन्।
सलमान र निर्माता सजिद नाडियडवालाले संयुक्त रुपमा निर्माण गर्न लागेका फिल्मलाई फरहद समाजीले निर्देशन गर्दैछन्। फिल्ममा सलमान विल्कुलै भिन्न अवतारमा प्रस्तुत हुनेछन्। पूजा भने फिल्ममा गाउँले युवतीको भूमिकामा देखिनेछिन्।
पूजा यसअघि फिल्म ‘हाउसफुल ४’मा काम गरिसकेकी छिन्। यस फिल्मका निर्माता पनि सजिद नै हुन्। उनैले पूजालाई सलमानसँग जोडी बाध्ने अवसर दिएका हुन्। यसै विषयमा प्रतिक्रिया दिँदै सजिदले भने, ‘हाउसफुल ४’ मा काम गर्दा म पूजाको कामबाट निकै प्रभावित भएको थिएँ। यस फिल्मको लागि सुहाउँदो भएपछि पूजालाई नै फिल्ममा राखियो।’