फिल्म ‘चपली हाइट ३’को अष्ट्रेलिया अधिकार बिक्री भएको छ। अष्ट्रेलिया प्रदर्शनका लागि ‘बाबा कन्सल्टटेन्सी’ले फिल्मको अधिकार २५ हजार अमेरिकी डलरमा खरिद गरेको हो।
हिट सिरिजको ब्राण्ड भ्यालु, प्रचारका सामाग्रीको उच्च हाइपले गर्दा सिनेमाको अष्ट्रेलिया राइट राम्रो रकममा बिक्री भएको हो। सोमबार सम्झौता पत्रमा साइन गरेपछि आफ्नो फिल्मलाई विश्वास गरेर राम्रो रकम हालिदिएकोमा निर्माता अर्जुन कुमारले बाबा कन्सल्टटेन्सीलाई धन्यवाद ज्ञापन गरे।
पछिल्लो समय नेपालमा राम्रो हाइप बनाएका फिल्मले विदेशमा राम्रो रकम पाइरहेका छन्। जसले निर्मातालाई फाइदा पुर्याइरहेको छ।
निकेश खड्काले निर्देशन गरेको फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, अर्पण थापा, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखक लगायातको अभिनय छ।
आकाश बरालको लेखन र संवाद रहेको सिनेमामा सुभाष भुषाल/अर्जुन कुमारको संगीत, अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन र दिर्घ खड्काको सम्पादन छ। अर्जुन कुमार फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित फिल्म चैत २८ देखि रिलिज हुँदैछ।