फिल्म ‘चपली हाइट ३’ मा नायिका सुपुष्पा भट्टलाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ। बुधबार सार्वजनिक भएका तस्विरहरुले पनि सुपुष्षाको बोल्ड अवतारलाई प्रष्ट्याएको छ।
सार्वजनिक तस्विरमा सुपुष्पा स्विमिङ पुलमा देखिएकी छिन्। जहाँ उनी बिकिनी सहित प्रस्तुत भएकी छिन्। निलो विकिनीमा उनलाई हट देख्न सकिन्छ।
चपली हाइटको पहिलो सिरिजमा नायिका विनिता बराल र दोस्रोमा परमिता आरएल राणा बोल्ड अवतारमा प्रस्तुत भएका थिए। यसपटक सुपुष्पा बोल्ड अवतारमा प्रस्तुत भएकी छन्।
अर्जुन कुमारको लगानी रहेको फिल्मलाई निकेश खड्काले निर्देशन गरेको छन्। फिल्ममा सुपुष्पासँगै स्वस्तिमा खड्का, महेश त्रिपाठी, आमिस गौतम, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ।
चैत २८ गते रिलिज हुने भनिएको यस फिल्म फिल्म हल बन्द हुने भएपछि अनिश्चित समयको लागि स्थागन भएको छ।