मोडल अप्रैल फ्लोरियो हलीउड अभिनेता ब्राण्ड पिटसँग नाम जोडिएपछि अहिले उनी निकै तनाबमा छिन् । यो भन्दा पहिला जब पिटले जेनिफर एनिस्टनसँग विवाह गरेका थिए, त्यस बेला पनि उनको जोडिएको थियो । अब एन्जेलिना जोली र पिट अलगिनुको मुख्य कारण अप्रैल भन्दै अहिले ब्राण्डसँग उनको नाम जाडिरहेको छ । जबदेखी जोलीले पिटसँग डिभोर्स गर्ने भन्दै अदालतमा मुद्धा दर्ता गरिन् तबदेखी फ्लोरियो आफ्नो प्रेम प्रशंगको कारण छाइरहेकी छिन् । तर उनी अरुलाई देखाउन लागिपरिरहेकी छिन् कि उनी दोस्रो महिला होइनन् र उनी दुईको बिचमा भएको डिभोर्सको जिम्मेवार पनि होइनन् ।
मोडलले भनेकी छिन् कि उनले कहिले पनि कसैको बीच आउने कोशिश गरेकी छैनन् । ‘म जोली र पिट छुटिएको खबरले निकै दुखी छु । म उनीहरुको लागि धेरै त होइन् तर उनीहरुको नयाँ जीवनको कामना गदर्छु ।’ उनले भनिन् ।
फलोरियोले बताएकी छिन् कि उनको र पिट एक पार्टीमा भेट भएको थियो त्यस बेलाको कुरा अहिले बढाइचढाइ गरेर मिडियाहरुमा आइरहेको छ ।