केही बर्ष देखी नेपाली चलचित्रमा नदेखिएकी नायिका रेजिना उप्रेती पहिलो सन्तानलाई जन्म दिने तयारीमा छिन् । ३ बर्ष अगाडी सुरज पोख्रेलसँग विवाह गरेकी रेजिनाले नोभेम्बरको दोश्रो सातामा पहिलो सन्तानलाई जन्मदिने बताएकी छिन् । आमा बन्ने तयारीमा भएका कारण अहिले उनी सार्वजनिक कार्यक्रममा खासै देखिन्नन् । उनले अहिले आफु आफ्नो स्वास्थ्यलाई लिएर चिन्तित भएका कारण गाडीमा बाहिर खासै हिडडुल गर्ने नगरेको पनि बताएकी छिन् । उनले आफुलाई पहिलो सन्तान छोरा वा छोरी जे भए पनि फरक नपर्ने बताइन् । विवाह गरेपछि नेपाली चलचित्रमा खासै सक्रिय नरहेकी रेजिनाले चलचित्र कलाकार संघको उपाध्यक्ष पदमा निर्वाचित भएपछि सार्वजनिक कार्यक्रममा धेरै देखिन थालेकी थिइन् । बिहे पश्चात नायिकाहरु गपचुप भइरहेको अबस्थामा रेजिना भने केही सार्वजनिक कार्यक्रममा देखिरहेकी हुन्छिन् । सार्वजनिक कार्यक्रममा सहभागी भएर आफु पलायन भएको छैन भन्ने उदारहण दिनका लागि पनि रेजिना पछिल्लो समय चलचित्र देखी अन्य सार्वजनिक कार्यक्रमहरुमा देखिने गर्छिन । तर बिहेपछि रेजिनाको फिल्मी करियर भने चौपट भएको छ ।