बलिउड अभिनेता ऋतिक रोशनले प्रेम र रोमान्सबारे आफ्नो अनुभव शेयर गरेका छन् । एउटा अन्तर्वार्तामा उनले भने, ‘प्रेम अन्धो हुँदैन । रोमान्सचाहिँ अन्धो हुन्छ ।’ ऋतिकले रोमान्स चाहिँ अत्यन्त खतरनाक भएको बताए । उनले भने, ‘रोमान्स एकप्रकारको भ्रम हो । यस्ता अनेक कुरा सुनिन्छन्, जुन वास्तवमा सत्य हुँदैनन् ।
रोमान्सपछि चाहिँ जे बचेको हुन्छ, त्यो नै प्रेम हो । र, प्रेम भने अन्धो हुँदैन ।’ आफूले जीवनका प्रत्येक पललाई रोमान्टिक बनाउने गरेको पनि ऋतिकले बताउन थालेका छन् । मंगलबारबाट उनी ४३ वर्षका भएका छन् ।