गोल्डन ग्लोब २०१७ को रेड कार्पेटमा हलीउड एक्ट्रेस लोला किर्के आफ्नो बोल्ड स्टेटमेन्टका कारण चर्चामा छिन् । केही दिन अगाडी अर्गनाइज भएको यो अवार्ड सेरेमनी मा उनी डिजाइनर Andrew Gn को पिंक पेटल स्ट्रैपलेस गाउनमा देखिएकी थिइन । अनौठो त यो छ कि लोलाले आफ्नो आर्मपिट शेभ गरेकी थिइनन् । नेचुरल हेयर्सको साथ उनले मिडियाका क्यामेराको अगाडी फरक फरक पोजमा फोटो खिचाइन । इंस्टाग्राममा आफ्नो तस्बिर पोष्ट गर्दै उनले लेखेकी छिन्,”Ok! Now I’m really ready. Thanks to all you beautiful people who didn’t send me death threats on account of my #awesome #hairyarmpits!”
२६ बर्षकी लोलाको जन्म १७ सेप्टेम्बर, १९९० मा लण्डनमा भएको थियो । गोन गर्ल (2014), मिस्ट्रेस अमेरिका (2015), AWOL (2016) जस्ता फिल्मका साथै लोला लॉ एंड ऑर्डर (2013), द लेफ्टओवर्स (2014) र मोजार्ट इन द जंगल (2014-Now) जस्ता टिभी सीरीजको समेत हिस्सा बनिसकेकी छिन् । बताइदिउँ कि, गोन गर्लको नामले परिचित लोला यसभन्दा पहिला पनि हेयरी आर्मपिटको साथ कयौं पटक देखिसकेकी छिन् ।