हलीउड स्टार जोनी डेप र एक्ट्रेस एंबर हर्डको डिभोर्सको मामला सकिएको छ । ईअनलाइनको रिपोर्टका अनुसार, एंबर हर्ले मे, २०१६ मा डाइभोर्सको पेपर दर्ता गरेकी थिइन । शुक्रवार भएको सुनवाईको दौरान न त जोनी डेप उपस्थित थिए न त एंबर नै । यसपछि जजले सम्बन्ध विक्षेदको कागजमा साइन गरेर यी दुईको डायभोर्सको फाइनलाइज गरेका छन् ।
खबरका अनुसार, जोनी डेपले एंबर हर्डलाई करिब ४७ करोड दिनुपर्नेछ । हर्डका अनुसार, उनी यो पैसा दुई अलग-अलग च्यारिटी इंस्टिट्यूशंसलाई डोनेट गर्नेछिन् । एंबरका वकील पीयर्स ओडोनेलका अनुसार, उनको क्लाइंटका लागि यो एक ठूलो दिन हो । उनले भने की एंबर जोनीबाट अलग रहन चाहन्थिन र उनी अलग पनि भएकी छिन् । बताइदिउँ कि जोनीले यसभन्दा अगाडी पनि दुई पटक विवाह गरिसकेका छन् ।