‘बिग बोस’ को १० सीजनको ग्राण्ड फिनाले आइतबार साँझ लोनावालामा भयो । कोमनर मनवीर गुर्जर शोका विजेता घोषित भए । बताइदिउँ कि मनवीरको साथ मनु पंजाबी, लोपामुद्रा राउत र गुरबानी जज उर्फ बानी जे पनि फिनालेमा पुगेका थिए ।मनवीरले बिग बोस १० जित्दै ४० लाख आफ्नो नाममा गरे । ४० लाख मध्ये २० लाख रुपैयाँ उनले सलमान खानको बीइंग ह्यूमन फाउण्डेशनलाई डोनेट गर्ने फैसला समेत गरेका छन् । फिनालेको दौरान बिग बोसका चार फाइनलिस्ट्सलाई १० लाखको लोभ देखाइएको थियो । चार जनाको अगाडी एक एक बजर थियो । शर्त यो थियो कि जसले सबैभन्दा अगाडी बजर बजाउनेछ त्यसले १० लाख रुपैयाँ लिएर फिनालेको रेसबाट बाहिर हुनेछ । फाइनली, मनु पंजाबीले बाहिर निस्कने फैसला लिए । उनले १० लाख लिएर फिनालेको रेसबाट आफ्नो पाइला झिके ।
टप २ मा पुग्न सकिनन् लोपामुद्रा राउत
लोपामुद्रा राउतले फिनालेसम्म पुग्नका लागि दिलोज्यान लगाएकी थिइन । उनी टप ३ फाइनलिस्ट्समा सामेल समेत भईन । तर, टप २ मा पुग्न उनी सफल भइनन् । भोटिंगको आधारमा तेस्रो स्थान भएपछि उनी फिनालेको दौडबाट बाहिरिइन ।