आफु अभिनित हलीउड फिल्म‘एक्सएक्सएक्स–रिर्टन अफ जेन्डर केज’ को प्रमोशनको क्रममा बलीउड अभिनेत्री दीपिका पादुकोण विश्वका थुप्रै देश पुगिन् । जहाँ पुग्दा पनि फ्यानले उनको कामको तारिफ मात्र गर्दैनन्, बिहेबारे पनि सोधे । तर, दीपिका भने तत्काल बिहेको मुडमा पुगिनसकेको बताउँछिन् । हलीउडस्टार बनिसकेकी दीपिकालाई रणवीर सिंहसँगको अफेयरबारे पनि लगातार प्रश्न सोध्ने गरिन्छ । उनले आफूहरू प्रेममा रहेको भने स्विकार्छिन्, तर बिहेको बारेमा भने बोल्दिनन् । ‘मैले बिहेबारे सोचेकी छैन,’ उनको जवाफ छ, ‘बिहेका लागि उमेरको कुनै हद हुँदैन । त्यसैले मैले यसबारे सोच्ने गरेकी छैन ।’ दीपिकाले रणवीरसँग बिहे गर्लिन् कि नगर्लिन्, यो पनि कौतुहलको विषय छ । बलीउडमा दीपिका र रणवीरको प्रेम सम्बन्धको चर्चा सुरु भएदेखी कतिपयले भने उनीहरुको सम्बन्ध धेरै लामो नजाने पनि अड्कल लगाउँदै आएका छन् ।