भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डाइङ क्यान्डल’ को वुधबार राजधानीको बिग मुभिजमा प्रिमियर गरिएको छ । पत्रकार, चलचित्रकर्मीहरुको भव्य उपस्थिती रहेको प्रिमियरमा चलचित्रका कलाकार अर्पण थापा, श्रृजना सुब्बा, लाक्पा सिंगे तामाङ, निर्माता तथा छायांकार रविन आचार्य देखिँदा चलचित्रका नायक सौगात मल्ल भने अनुपस्थित थिए । दिदी भाईको प्रेमलाई देखाइएको चलचित्र ‘डाइङ क्यान्डल’ लाई चलचित्रकर्मीहरुले सकारात्मक प्रतिक्रिया दिएका थिए ।
मुख्य चरित्रमा महिला पात्र सिर्जना सुब्बा र लाक्पा सिङ्गे तामाङ छन् । सौगात मल्ल र अर्पण थापाले चलचित्रमा अभिनय गरेका छन् । उत्तम केसी, रविन आचार्य र केसी निर्मित चलचित्रमा डेल सम्नरको संगीत छ भने संदीप अधिकारीले सम्पादन गरेका छन् । भाइको हेरचाहमा दिदीले गर्ने योगदान देखाउन खोजिएको चलचित्रलाई नरेश केसीले निर्देशन गरेका हुन । चलचित्रकर्मीहरुबाट राम्रो प्रतिक्रिया पाएको यो चलचित्रले हलमा भने दर्शकहरुको कतिको साथ पाउने हो त्यो भने भोलीबाट नै थाहा हुनेछ ।
तश्वीर : अनलाइन खबर