हलीउड स्टार ब्राण्ड पिटको बारेमा खबर छ कि उनले आफ्नी पूर्व पत्नी एन्जेलिना जोलीका बच्चाहरुको पालनपोषणका लागि एक लाख डलरको राशी दिन इन्कार गरेका छन् । एक अंग्रेजी न्यूज पोर्टलका अनुसार, जोली र उनका ६ बच्चा छन्, तर अब ब्राण्डले बच्चाको एजुकेशन र पालनपोषणका लागि धन खर्च गर्न चाहन्नन् । जोली र पिटका हरेक बच्चाका लागि एक ट्रस्ट फण्ड बनाइएको छ । यसमा हरेक बर्ष यी दुईले २.५ लाख डलर जम्मा गर्ने पर्ने हुन्छ । तर, पिटले आफ्नो हिस्साको रकम दिन इन्कार गरेका छन् । त्यस्तै, जोलीको भनाई यो छ कि उनीहरुको डिभोर्स प्रक्रिया अबको ९० दिन भित्र पुरा हुनेछ । यसमा बच्चाको कस्टडी र प्रोपर्टी सेटलमेन्ट जस्ता मुद्धाको समाधान हुनेछ ।