लगातार एकपछि अर्को चलचित्रमा अनुबन्धित भइरहेका नायक दयाहाङ राई फेरी अर्को नयाँ चलचित्र ‘राजा’ का लागि लीड नायकमा अनुबन्धित भएका छन् । दीपक रौनियारले तेस्रो पटक दयाहाङलाई लिएर चलचित्र ‘राजा’ निर्माण गर्ने लागेका हुन । तर, निर्माणपक्षले भने चलचित्रमा ‘राजा’ को भूमिका कस्ले प्ले गर्छ त्यो भने खुलाएको छैन ।
‘राजा’ नामले चलचित्र कतै राजसंस्था प्रति केन्द्रीत त हुने छैन भन्ने जिज्ञासा पनि उठ्न सक्छ तर न्यूयोर्कमा रहेका चलचित्रका निर्देशक रौनियारले चलचित्र ‘राजा’ राजसंस्थाप्रति केन्द्रीत नभएको बताए । नेपालको सिनेमा आर्टसँगको सहकार्यमा चलचित्र ‘राजा’ निर्माण गर्न लागेका रौनियारले अर्को बर्षदेखी छायाँकन सुरु हुने पनि जानकारी दिएका छन् । केही बर्षदेखी दयाहाङका चलचित्रहरुले औषत व्यापार गरिरहेपनि उनलाई आफ्नो चलचित्रमा लागिनका लागि निर्माताहरुको लाइनमा कमी आएको छैन । अर्को महिना अर्थात फागुनमा दयाहाङ अभिनित चलचित्र ‘लुट २’ प्रदर्शनमा आउँदैछ ।