बलीउड अभिनेत्री ऐश्वर्या राय बच्चनले आफ्नो पूर्व प्रेमी सलमान खानसँग काम गर्न तयार रहेको बताइएको छ । तर, सलमानसँग काम गर्न उनले एउटा सर्त भने राखेकी छिन् । भारतका चर्चित जर्नलिष्ट राजीव मंसदले आफ्नो कोलममा यस कुराको दाबी गरेका छन् । मंसदले आफ्नो कोलममा खुलासा गर्दै भनेका छन्,‘ऐश्वर्या आफ्ना बितेका सबै कुरा भुलेर सलमान खानसँग काम गर्न तयार रहेकी छिन् । सलमानसँग जोडिएका कुनै पनि कुराले ऐश्वर्यालाई प्रभावित नपार्ने ऐश्वर्याले बताएकी छिन् ।’
राजीब मंसदको कोलमका अनुसार ऐश्वर्या सलमानसँग फिल्म खेल्न तयार रहेकी छिन् । तर, उनको सर्त अनुसार फिल्मको स्क्रिप्ट भने एक्ट्राअर्डनरी हुनुपर्नेछ । सन् १९९९ मा आएको फिल्म ‘हम दिल दे चुके सनम’ मा उनीहरु सँगै काम गरेका थिए । त्यसपछि उनीहरुको सम्बन्ध निकै नजिकिएको थियो । तर,‘हम तुम्हारे है सनम’ पश्चात भने उनीहरुको ब्रेकअप भएको थियो ।