सलमान खानको साथ फिल्म ‘वान्डेट’ मा देखिएकी आयशा टाकिया केही दिनयता आफ्नो सर्जरीलाई लिएर निकै चर्चामा छिन् । हालैमा आयशाले कफी एण्ड बार १४५ को लञ्चमा पुगेकी थिइन, जहाँ उनको यो लिप सर्जरी बाहिर आयो । लिप सर्जरीबाट आयशाको अनुहारमा निकै परिवर्तन आएको छ । लिप सर्जरीको कारण उनको पहिलाको अनुहार भन्दा निकै बिग्रिएको देख्न सकिन्छ ।
आयशा टाकिया बलीउडकी यी अभिनेत्री हुन, जसले सिलिकन इम्प्लान्ट गरेर आफ्नो ब्रेस्ट साइज बढाएकी थिइन । जब आयशाले डेब्यू गरेकी थिइन, त्यसबेलाको तश्वीर हेर्ने हो भने यो स्पष्ट हुन्छ कि सर्जरीका कारण उनले आफ्नो ब्रेस्ट साइज बढाएकी छिन् । तर, अहिलेसम्म सर्जरीको यो कुरा आयशा भने मान्न तयारी छैनन् ।