टाइगर श्राफ आजबाट २७ बर्षका भएका छन् तर जन्मदिनको अवसरमा उनले कुनै विशेष प्लान भने बनाएका छैनन् । सोर्सका अनुसार, टाइगर आज पूरै दिन आफ्नो नयाँ एक्सन सिक्वेल फिल्म ‘Vasai’ को शूटिंगमा व्यस्त हुँदैछन् । उनकी बहिनी कृष्णा र फिल्मका असिस्टेन्ट डायरेक्टरले टाइगरको बर्थडेलाई विशेष बनाउनका लागि एक प्लान बनाएका छन् । एक न्यूजपेपरसँग इन्टरेक्ट गर्दै कृष्णाले भनिन् कि, ‘टाइगर त्यसो त आफ्नो बर्थडेमा कुनै सेलिब्रेशन गर्न मन पराउँदैनन्, तर गएको दुई बर्षदेखी भने उनी फिल्मको सेटमा नै बर्थडे मनाउँदै आएका छन् । यो बर्थडेमा हामी दुई साथमा नै छौं, र मैले टाइगरलाई प्रमोस गरेको छु कि यस पटक हामी कुनै डाइट रूल फलो गर्नेछैनौं मात्र केक काट्ने छौं ।’
टाइगरपछि उनकी ‘बागी’ को-स्टार श्रद्धा कपूर पनि भोली आफ्नो ३० बर्षको बर्थडे सेलिब्रेशन गर्दैछिन् ।