२४ फेब्रुअरीबाट प्रदर्शनमा आएको बलीउड फिल्म ‘रंगुन’ बक्स अफिसमा नमज्जाले पछारिएको छ । ८० करोड भारतिय रुपैंया लागत रहेको यो फिल्मबाट ५० करोड घाटा हुने अनुमान गरिएको छ ।
यो फिल्म फल्प हुनुका ५ कारण यस्ता छन् :-
१. बजेट
६२ करोडमा यो फिल्म बनाइयो र ८० करोडमा बेचियो । शाहिद कपुर र सैफ अली खान जस्ता अभिनेताको फिल्ममा ८० करोड रुपैंया लगाउनुलाई राम्रो निर्णय मान्न सकिँदैन् । शाहिद र सैफका पछिल्ला केही फिल्महरु लगातार असफल भैरहेका छन् । विशाल भारद्धाज पनि यस्ता निर्देशक होइनन् जसले हरेक दर्शकलाई खुसी बनाउन सकेका छन् । रंगुनको विषयमा बजेटको सबैभन्दा महत्वपुर्ण भूमिका छ । यदि यहि फिल्म ३० करोडमा बन्थ्यो भने पनि फल्प नै हुन्थ्यो तर, नोक्सान यति धेरै हुँदैनथ्यो ।
२. स्क्रिप्ट
रंगुन फिल्म फल्प हुनुमा स्क्रिप्टको पनि धेरै ठूलो हात रहेको छ । न यसमा मनोरञ्जन थियो न त कुनै अनौठो कुरा नै, धेरै नै साधारण कहानीलाई धेरै नै साधारण किसिमले प्रस्तुत गरिएको थियो । युद्धको पुष्ठभुमिमा त्रिकोणात्मक डामा देखाइयो । न युद्धको कुराले दर्शकको ध्यान तान्न सकेको छ न त प्रेम कहानीले । एक तरबारलाई महत्वपुर्ण देखाइएको छ जसको पछाडी धेरै मानिसहरु लागेका छन् ।
३. कलाकारहरु
सैफ अली खान र शाहिद कपुरलाई कहिलेपनि बक्स अफिसमा बिकाउ अभिनेता मानिँदैन् । उनीहरुको स्टार भ्यालु लगातार घट्दै गइरहेको छ । शाहिद र सैफले सोलो हिरोको रुपमा अहिलेसम्म सय करोड कलेक्सन गरेको फिल्म दिएका छैनन् । यस्तोमा दुवैलाई सँगै लिएर महंगो फिल्म बनाउनु खतरासँग खेल्नु समान नै हो । खबर अनुसार शाहिद, कंगना र सैफलाई सात सात करोड दिइएको छ जुन उनीहरुको स्टारभ्यालु भन्दा निकै नै धेरै हो । यी तीनै जनामा यति दम छैन कि उनीहरुले दर्शकहरुको भिडलाई सिनेमा हलसम्म ल्याउन सक्छन् ।
४. ट्रेलर र संगीत
टिकटघरमा फिल्मको राम्रो सुरुवातको लागि यसको राम्रो संगीत र ट्रेलर को भूमिका धेरै महत्वपुर्ण हुन्छ । यस फिल्मको ट्रेलर यति निरश थियो कि दर्शकहरुलाई फिल्म प्रति कुनै उत्सुकता नै भएन । फिल्मको गीतहरु पनि मन पराइएन । यसका गीतहरु फिल्म हेर्दै गर्दा राम्रो देखिन्छ तर हिट भएनन् ।
५. निर्देशन
विशाल भारद्धाजलाई कहिल्यै पनि व्यबसायिक दृष्टीले ठूलो सफलता मिलेको छैन् । उनको ‘कमिने’ लाई हिट मानिन्छ तर वास्तविकता यो हो कि यो फिल्मबाट पनि निर्मातालाई नोक्सान भएको थियो । ‘हैदर’ लाई सिमित बजेटमा बनाइएको थियो तर यो फिल्म मुश्किलले आफ्नो लागत उठाउन सकेको थियो । विशालको फिल्मलाई समिक्षकले त तारिफ गर्छन्, सोसल मिडियामा वाहवाही हुन्छ तर आम दर्शकले मन पराँउदैनन् ।