बलीउडका चर्चित निर्देशक एवं निर्माता करण जोहर सेरोगेसीका कारण दुई बच्चाको पिता बनिसकेका छन् । बताइदिउँ कि करण जोहरले दुई बच्चाको नाम आफ्नो माता-पिताको नाम यश र हीरु जोहरको नाम मिलाएर राखेका छन् । करणले छोराको नाम यश र छोरीको नाम रूही राखेका छन् । तर, अहिलेसम्म आमाको नाम भने बाहिर आएको छैन । करण जोहर उमेरले ४४ बर्षका भइसकेका छन् र उनी सधै नै आफ्नो जेन्डरलाई लिएर चर्चामा आउने गरेका छन् ।
करणले आफ्नो खुशी ट्विटरमा शेयर गर्दै लेखे, ‘म आफ्नो जीवनको खुसी बाँड्न पाउँदा निकै खुसी छु, यी हुन मेरा बच्चा मेरो रूही-यश । मेडिकल साइन्सको मदद्तबाट दुनियाँमा आएका यी दुई बच्चाको पिता बनेर म आफुलाई धन्य महशुस गरिरहेको छु । यो एक इमोशनल र सोची-बुझी लिएको निर्णय हो । मैले पिता बन्ने सम्पूर्ण जिम्मेवारीलाई ध्यानमा राख्दै यो निर्णय लिएको हुँ । मैले आफुलाई शारीरिक, मानसिक र भावनात्मक रुपमा तयार पारेको छु । मैले यो सोचिसकेको थिए कि मेरो बच्चा नै मेरो प्राथमिकता र मेरो दुनियाँ हुनेछ । मलाई थाहा छ कि मलाई आफ्नो काम, सोशल कमिटमेन्ट्स, ट्रेवल प्लान्सलाई पछाडी छोड्नु पर्छ र म यसका लागि पनि तयार छु । भगवानको कृपाले मसँग मेरो बच्चाको ख्याल र उनलाई माया गर्नका लागि मेरी आमा हुनुहुन्छ, जो मेरा बच्चालाई ठूलो बनाउनका लागि मदद्त गर्नु हुनेछ । मेरो सपना पूरा गर्नका लागि म सरोगेट आमाप्रति म सधै नै आभारी रहनेछु । र, म डा.जतिन शाहलाई पनि धन्यवाद दिन चाहन्छु, जसले मेरो यो अद्भुत र रोमाञ्चक पलमा मेरो साथ दिनुभयो ।’