बलीउडको यस बर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको फिल्म ‘रंगून’ बलीउड बक्सअफिसमा नराम्रैसँग पछारियो । यसअघि नै फिल्मको हाई बजेट र कलाकारहरुको महँगो पारिश्रमिकको विषयमा निर्माण कम्पनीले मुख खोलिसकेको छ । तर, बजेट अनुसारको फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेन । यस फिल्मका लागि अभिनेता सैफ अली खानले ७ करोड रुपैयाँ लिएका थिए । यसअघि आएका उनका चारवटा फिल्महरु पनि फ्लप भएका थिए । उता, साहिद कपुरलाई प्रमुख भुमिकामा देखाउन विशाल भारद्धाज जहिले पनि तयार रहन्छन् । यस फिल्मका लागि पनि सैफले जति पारिश्रमिक लिन्छन् त्यति नै साहिदले लिने बताएका थिए । उनले पनि सात करोड रुपैयाँ लिएका थिए ।
साहिद र सैफभन्दा आफुलाई ठूलो कलाकार मान्ने अभिनेत्री हुन् कंगना रणावत । उनले साहिद र सैफभन्दा एक लाख रुपैयाँ धेरै लिने बताएकी थिइन् । यस फिल्मका लागि उनले सात करोड एक लाख लिएकी थिइन् ।