बलीउडस्टार सलमान खान र उनकी कथित भनिएकी प्रेमिका युलिया वन्तरबीच बोलीचाली बन्द भएको खबरले यति बेला भारतीय मिडियाहरु खुबै तातेका छन् । सलमान खान आफ्नो फिल्मलाई लिएर कुनै पनि सम्झौता गर्न चाहँदैनन् । उनले आफ्नो फिल्म ‘टाइगर जिन्दा हे’ का लागि निकै मेहेनत पनि गरेका छन् ।
कथित प्रेमिका युलिया वन्तर फिल्म ‘टाइगर जिन्दा हे’ मा एउटा गीत गाउन चाहन्थिइन । तर, सलमान खानले उनको आवाज फिल्ममा सुट नभएको भन्दै रिजेक्ट गरे । गीत गाउन अस्विकार गरेपछि सलमान र युलियाबीच तँ-तँ र म-म समेत भएको बताइएको छ । सलमानले फिल्ममा गाउन नदिएपछि युलियाले सलमान खानसँग रिसाएकी थिइन् ।
‘टाइगर जिन्दा हे’ फिल्म सन् २०१२ मा आएको फिल्म ‘एक था टाइगर’ को सिक्वल हो । यस फिल्मलाई अली अब्बासले निर्देशन गरेका हुन् ।