एक्सन नायक निखिल उप्रेतीको होम प्रोडक्शनबाट निर्माण भएको चलचित्र ‘रुद्र’ को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्रका मुख्य कलाकार समेत रहेका नायक उप्रेती र निर्देशक रामजी लामिछानेले दिएको जानकारी अनुसार, यो चलचित्र अर्को बर्षको साउन २० गतेबाट हलहरुमा लाग्दैछ । तपाईहरुलाई बताइदिउँ कि, ‘रुद्र’ रिलिजको एकहप्ता अगाडी गएको बर्ष प्रदर्शनमा आउको सुपरहिट चलचित्र ‘प्रेमगीत’ को सिक्वेल प्रदर्शन हुँदैछ । ‘प्रेमगीत २’ रिलिज भएको हप्ता हप्तापछि हलमा लाग्न लागेको ‘रुद्र’ लाई दर्शकहरुको साथ कस्तो रहँला त्यो हेर्न भने साउन २० गते नै कुर्नु पर्ला ।
गोपालकाजी कायस्थले वितरण गर्ने चलचित्र ‘रुद्र’ मा पहिलो पटक नायक निखिल उप्रेती भिलेनको रुपमा देखिँदैछन् । निखिलले यस पटक आफुलाई खलपात्रमा उभिएर नेपाली रजतपटमा दुई कलाकारलाई भित्राएका छन् । यो चलचित्रबाट नव-नायिका सारा र नव-नायक विश्व शर्माले नेपाली रजतपटमा पाइला टेकेका हुन । जोमसोम, नारायणगढ, कोहलपुरी, कर्णाली लगायतका रमणिय स्थानमा खिचिएको यो चलचित्रमा सौरभ लामाको छायांकन, दिनेश सोनाम र निखिल उप्रेतीको संगीत, हिमाल केसीको एक्सन, वनिश शाहको सम्पादन रहेको छ ।