सोनम कपूर अहिले प्रेमी आनन्द आहूजासँग डेट गरिरहेकी छिन् । यी दुईलाई धेरै पटक एकसाथ पनि देखिसकिएको छ । एक रिपोर्टका अनुसार, सोनमकी आमा अनिता कपूरलाई छोरी सोनम र आनन्दको जोडी निकै मन पर्छ । उनी चाहन्छिन् कि सोनम र आनन्दको विवाह यही बर्ष भित्र होस् । तर, गएको केही दिन अगाडी सोनमलाई विवाहको विषयमा भारतीय मिडियाहरुले प्रश्न गरेका थिए र उनले यो कुरालाई सिधै अस्वीकार गरेकी थिइन । गएका केही दिनमा मिडियामा आएको खबरका अनुसार, सोनम कपूर दिल्ली बेस्ड बिजनेसम्यान आनन्द आहूजासँग रिलेशनशिपमा छिन् । गएको २ बर्षदेखी यो जोडी गोप्य रुपमा डेट गरिरहेका छन् । आनन्द फेशन ब्राण्ड ‘भानी’ का मालिक हुन । उनले व्हार्टन बिजनेस स्कूल (यूएस) मा अध्ययन गरेका हुन । ‘भानी’ सोनमको फेभरेट फेशन ब्राण्ड हो ।