‘ओम शान्ति ओम’, ‘ककटेल’, ‘ये जवानी हे दिवानी’, ‘चेन्नई एक्सप्रेस’, ‘गोलियोकी रासलीला रामलीला’,‘पिकु’, ‘बाजिराव मस्तानी’ जस्ता थुप्रै हिट फिल्महरु दिइसकेकी बलीउड अभिनेत्री दीपिका पादुकोण यति बेला सबैकी प्यारी बनेकी छिन् । यतिसम्मकी बलीउडमा दीपिका नै नायिका हुनुपर्छ भन्ने समेत छाप उनले बनाइसकेकी छिन् । दर्जनौं हिट फिल्म दिएरपनि उनले कैँयौ सुपरहिट फिल्ममा काम गर्न अस्विकार गरेकी छन् । बलीउडमा हरेक नायिकाको चाहना सलमान खानसँग स्क्रिन सेयर गर्ने हुन्छ । तर, तपार्इलाई यो सुनेर अचम्म लाग्न सक्छ दीपिकाले यी सुपरस्टारका सुपरहिट फिल्महरु अस्विकार गरिसकेकी थिइन् । उनले सलमानको तीन फिल्मको प्रस्ताव अस्विकार गरिसकेकी छिन् ।
यी हुन् दिपिकाले अस्विकार गरेकी सुपरहिट फिल्महरु :-
‘सुल्तान’
अनुश्का शर्माले फिल्म सुल्तानमा आरफाको भुमिका निभाएकी छन् । महिला कुस्तीबाज र सलमानको पत्नीको यो रोललाई उनले धेरै राम्रोसँग निभाएकी छन् तर तपाईलाई थाहा नहुन सक्छ अनुश्काभन्दा पहिले यो रोलको लागि दिपिका पादुकोणलाई अफर गरिएको थियो ।
‘प्रेम रतन धन पायो’
सलमानको अर्को सुपरहिट फिल्म प्रेम रतन धन पायोमा सोनम कपुरले निर्वाह गरेको राजकुमारी मैथली देवीको भूमिकाको लागिपहिले दिपिकालाई अफर गरिएको थियो तर यसकोसट्टा दिपिकाले रणविर सिंहसँग बाजीराब मस्तानीमा मस्तानी बन्ने फैसला लिइन् ।
‘किक’
हरेक बलीउड नायिकाले स्क्रिन सेयर गर्न चाहने सलमानको एक दुई होइन तिन वटा सुपरहिट फिल्म दिपिकाले छोडेकी छिन् । सलमान खानको अर्को सुपरहिट फिल्म ‘किक’ मा पनि ज्याकलिनलाई लिनुअघि दिपिकालाई अफर गरिएको थियो तर उनले यो फिल्म पनि अस्विकार गरिन् ।