बलीउड स्टारहरुको लभस्टोरीको बारेमा भारतीय मिडियाहरुमा खुबै चर्चा हुने गर्छ । त्यो भन्दा पनि बढी उनीहरुको डिभोर्सको चर्चा गर्छन् । लभ अफयेर, विवाह र डिभोर्सका कारण चर्चामा आउने बलीउड स्टारहरुको चर्चा पछिल्लो समय केही ज्यादा नै हुने गरेको छ । उनीहरुको महंगो डिभोर्सको कारण पछिल्लो समय बलिलीउडमा ठुलो चर्चा हुने गरेको छ ।
यी हुन् बलिउडका मंहगा डिभोर्स :-
१. रितिक रोशन र सुजैन खान
यो जोडी सन् २०१३ मा अलग्गिएको थियो । यो जोडी सानैदेखिका साथी पनि थिए । रितिकसँग डिभोर्स गर्न ४०० करोड मागेकी सुजैनले ३८० करोडमा चित्त बुझाएकी थिइन् । यो नै बलिउडको सबैभन्दा महँगो डिभोर्स रहेको छ ।
२. करिश्मा कपुर र संजय कपुर
यो जोडीको डिभोर्स भइसकेको छ । करिश्माले डिभोर्स पश्चात संजयको पिताको मुम्बईमा रहेको बंगला र बच्चाको रेखदेखका लागि १० लाख प्रत्येक महिनाको खर्च दिने सहमति भएको थियो । करिष्माले १४ करोड रुपैया लिएकी थिइन् ।
३. आदित्य चोपडा र पायल खन्ना
निर्देशक आदित्य चोपडा रानी मुखर्जीको मायामा परेपछि श्रीमति पायललाई छोड्न ठुलै संघर्ष गर्नुपर्यो । उनीहरुबीच लामो समय कोर्टमा मुद्धा चल्यो । पायलले धेरै नै पैसा मागेपछि उनीहरुबीच सहमति हुन सकेको थिएन । मिडिया रिपोर्टका अनुसार यस डिभोर्सका लागि पायलले ठुलो रकम लिएकी थिइन् । तर, कति भने खुलाइएको थिएन ।
४. आमिर खान र रीना दत्त
जब किरण राओ आमिर खानको जीवनमा आइन् तब रीनालाई डिभोर्स दिने निर्णय आमिरले गरे । यो जोडीको विवाह सन् १९८६ मा भएको थियो । सन् २००२ मा यो जोडीको डिभोर्स भएको थियो । रीनाले आमिरसँग छुट्टिन ५० करोड मागेकी थिइन् ।
५. सैफ अली खान र अमृता सिंह
यो जोडीमा उमेरको अन्तरको केही ज्यादा नै थियो । दुवैको वैवाहिक सम्बन्ध १३ वर्षसम्म चल्यो । तर, अन्तत डिभोर्स नै भयो । अन्ततः अमृतालाई सैफले आफ्नो आधा सम्पत्ति नै दिन पर्यो ।