यही चैत ११ गतेबाट हलमा लाग्ने तयारीमा रहेको नायक निखिल उप्रेती स्टारर चलचित्र ‘निर्भय’ सेन्सर पास भएको छ । बिहिवार चलचित्र सेन्सर बोर्डका सदस्यहरुले चलचित्र ‘निर्भय’ हेरेपछि ‘पिजी सर्टिफिकेट’ दिएका छन् । अब यो चलचित्र १६ बर्षभन्दा मूनीका दर्शकहरुले अभिभावकको साथमा मात्र हेर्न पाउनेछन् । निर्देशक मधुशुदन भट्टराईले नायक निखिल उप्रेतीको चलचित्रमा खतरनाक एक्सन दृश्य भएका कारण सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको जानकारी दिए । यो चलचित्रमा नायक निखिल उप्रेतीको श्रीमतीको भूमिका नायिका नीता ढुंगानाले निर्वाह गरेकी छिन् ।
यो चलचित्रलाई देवी प्रसाद पाण्डेले निर्माण गरेका हुन । चलचित्र ‘निर्भय’ मा नायक निखिल उप्रेतीले खतरनाक रियल स्टन्डका दृश्यहरु दिएका छन् । चलचित्रमा निखिल र नीताका अलवा शुशिल पोखरेल, विकास चापागाई, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी, रश्मि भट्ट लगायतको अभिनय रहेको छ ।