बलीउड अभिनेत्री विद्या बालन आफ्ना फ्यानसँग सार्वजनिक समारोहमै रिसाएकी छिन् । प्रदर्शनको तयारीमा रहेको हिन्दी चलचित्र ‘बेगम जानु’को प्रमोशन गर्न कोलकता पुगेकी विद्या, त्यहाँ आफ्नो फ्यानसँग रिसाएकी हुन् । फ्यानले उनको शरिरमा हात लगाएपछि बालन रिसाएकी हुन् । विद्यालाई एकजना फ्यानले सेल्फी लिन आग्रह गरेका थिए । उनले फ्यानको मन राख्न स्वीकार गरिन् । जब उनले सेल्फीका लागि मञ्जुरी जनाइन्, त्यस बेला ती फ्यानले गलत तरिकाले विद्याको शरीरमा हात राखेका थिए ।
गलत तरिकाले आफ्नो शरीरमा हात राखेपछि विद्याले उनलाई गाली गरेकी थिइन् । चलचित्र ‘बेगम जान’मा विद्याले कोठीको मालिक्नीको भूमिकामा अभिनय गरेकी छन् । कतिपयले विद्यालाई एअरपोर्टमा घोचपेच पनि गरेका थिए । विद्याले रिसाउँदै ‘म पब्लिक फिगर भए पनि पब्लिक प्रपर्टी होइन’ भनेर रिस पोखेकी छन् ।