बलीउड अभिनेत्री सोनाक्षी सिन्हा र उनको प्रेमी बन्टी सचदेवको ब्रेकअपको खबर यति बेला खुबै भाइरल भइरहेको छ । यसैबिच सोनाक्षी आइतबार राती मिडियाको क्यामेरामा कैद भएकी छिन्, जसमा उनी आफ्नो आँखाबाट बगिरहेको आँसु पुसिरहेकी थिइन् । तर, उनी ब्रेकअपको कारणले वा अन्य कुनै कारणले आँखामा आँसु बगेको थियो भन्ने बारे चैं खुलेको छैन् । हालै सोनाक्षी ‘बद्रीनाथ की दुल्हनिया’को सक्सेस पार्टिमा उपस्थित थिइन् । एक चर्चित भारतिय अनलाइनका अनुसार त्यहाँ उनले आफ्नो नजिकका साथीहरुलाई बताएकी थिइन् कि उनी अब सिंगल भएकी छिन् । बलीउडमा थोरै फिल्म गरेर पनि धेरै चर्चा पाएकी नायिकाको रुपमा चिनिने दबंग गर्ल सोनाक्षी सन् २०१२ देखी बन्टीसँग डेट गरिरहेकी थिइन् । बलिउड नायक तथा निमार्ता सोहेल खानकी श्रीमती सीमा सचदेवको भाइ बन्टी बलिउड अभिनेत्री सुस्मिता सेनको पुर्व प्रेमी हुन् ।