बलीउड फिल्ममा केही यस्ता चाइल्ड आर्टिस्ट पनि छन्, जो ठूलो भएर पनि फिल्म र टिभी शोजमार्फत दर्शकहरुको मन जितिरहेका छन् । फिल्म ‘शूटआउट एट लोखंडवाला’ मा संजय दत्तकी छोरी र शाहिद कपूरको फिल्म ‘चांस पे डांस’ मा चाइल्ड आर्टिस्टको रुपमा काम गरेकी अदिति भाटियालाई नै लिनुहोस् ।
अदिति अहिले टिभी शो ये हैं मोहब्बतेंमा दिव्यंका त्रिपाठी र करण पटेलकी छोरी रूही भल्लाको क्यारेक्टर प्ले गरिरहेकी छिन् । उनको यो क्यारेक्टरलाई अहिले दर्शकहरुले खुबै मन पराइरहेका छन् ।
अदितिले हालैमा आफ्नो इन्स्टाग्राममा संजय दत्त स्टारर फिल्मको एक सिनको तश्वीर शेयर गरेकी छिन् । जसमा संजय उनलाई खाना खुवाउँदै देखिएकी छिन् । अदितिले संजयका अलवा शाहिद कपूर, अमिताभ बच्चन जस्ता स्टार्ससँग फिल्म र ऐड्समा पनि काम गरिसकेकी छन् ।