बलीउड अभिनेत्री बिपाशा बसुलाई लिएर एउटा खबर बाहिर आएको छ कि अहिले उनी फ्यामिली प्लानिंग गरिरहेकी छिन् । सोर्सेजको खबरलाई मान्ने हो भने, बिपाशा गर्भवती छिन् । यस कारण नै केही दिनदेखी बिपशा कुनै पनि कार्यक्रममा सहभागी भएकी छैनन् । बिपाशाले आफ्नो टीमको न्यू प्रोजेक्ट लिनका लागि पनि इन्कार गरेकी छन् किनकी उनी अहिले पूरा समय नै फ्यामिली प्लानिंग गर्नमा नै व्यस्त छिन् ।
तर, बिपाशा बसुले भने आफु गर्भवती भएको खबरलाई झुटो भनेकी छिन् । उनले भनिन्, ‘करण र मलाई बच्चा निकै मन पर्छ तर अहिले हामी फ्री भएर ट्रेभल गर्न चाहन्छौ । हामी एक्लोपनको साथ इन्जोय गर्न चाहन्छौ । तर हामी बच्चाको प्लानिंग सोचेर मात्र गर्नेछौ ।’ बिपाशा अहिले अस्ट्रेलिया र न्यूजील्याण्डको लाइभ इवेन्टको तयारीमा जुटेकी छन् ।