हिन्दू महिलाहरुको महानपर्व हरितालिका तिजलाई लक्षित गर्दै सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘ब्रासलेट’ ले सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको छ । वुधबार सेन्सर बोर्डका सदस्यहरुले चलचित्र हेरेपछि ‘ब्रासलेट’ लाई सबैले हेर्न मिल्ने गरि यूनिभर्सल सर्टिफिकेट दिएका हुन् । चलचित्रका निर्माता केशव भट्टराईले सेन्सर बोर्डका सदस्यहरुले चलचित्र ‘ब्रासेट’ ल हेरेर उत्कृष्ट प्रतिक्रिया दिएको बताए । निर्मल शर्मा निर्देशित यो चलचित्रबाट नायक रमेश उप्रेतीले कमब्याक गरेका हुन् । लामो समयको अमेरिका बसाईपछि रमेश उप्रेतीले ‘ब्रासलेट’ बाट कमब्याक गरेका हुन् । यो चलचित्रमा रमेश उप्रेतीको अलवा रजनी केसी, नम्रता सापकोटा लगायतका कलाकारहरुको प्रमुख भुमिका रहेको छ । चलचित्र ‘ब्रासलेट’ सस्पेन्स कथामा तयार पारिएको छ ।