भारत पाकिस्तानको राजनीतिक तिक्तताका कारण वलिउडबाट पाकिस्तानी मुलका कलाकारहरु लखेटिन थालेपछि धेरै वलिउड स्टारका फिल्महरु पाकिस्तानमा रिलिज प्रतिबन्ध हुँदै आएका छन् । तर सलमान भने यो भीडबाट बाहिर रहन्थे । पछिल्लो पटक पाकिस्तानी मुलसँगै जोडेर बनेको ‘बजरंगी भाईजान’ होस् या ‘सुल्तान’ सलमानका प्रायः फिल्म पाकिस्तानमा प्रदर्शनमा आउँथे । अब भने सलमान पनि उक्त प्रतिबन्धमा पर्ने निश्चित भएको छ ।
भारतिय मिडियाहरुमा प्रकाशित समाचार अनुसार रिलिजको छेकोमा रहेको सलमान खान स्टारर फिल्म ‘ट्युवलाईट’ पाकिस्तानमा प्रदर्शन नहुने भएको हो । पाकिस्तानमा लाखौं सलमान प्रेमी फ्यान हुने र ओपनिङमै अनुमान गरिएको करोडौं विजनेस नहुने भएपछि फिल्मको वर्ल्डवाईड विजनेसमा पाकिस्तान प्रतिबन्धको प्रभाव देखिने तथ्य समेत वलिउड मिडियामा उल्लेख छ ।
भारत पाक पछिल्लो राजनीतिक घटनाक्रमसँगै ‘ट्युवलाईट’ रिलिजकै छेकोमा प्रदर्शनमा आउने पाकिस्तानी फिल्मको विजनेसमा पर्नसक्ने संभावित प्रभावलाई समेत ध्यानमा राखेर पाकिस्तानी फिल्म वितरण कम्पनिहरुले सलमानको फिल्मलाई आफ्नो देशमा प्रदर्शनमा ल्याउन नदिन अघि सरेको समेत समाचारमा उल्लेख छ । आउँदो ईदमा रिलिज हुने सलमानको फिल्मसँगै पाकिस्तानी फिल्म ‘यल्घार’ र ‘शोर सराबा’ पनि सँगै रिलिज हुने जनाईएको छ ।