एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेती पहिलो पटक भिलेन अबतारमा प्रस्तुत भएको फिल्म ‘रुद्र’को ट्रेलर रिलिज भएको छ । केहि दिन पहिले साउन १३ लाई प्रदर्शन मिति तय गर्दै फर्स्टलुक सार्वजनिक गरेको निर्माण टिमले शुक्रबार ट्रेलर रिलिज गर्यो ।
सार्वजनिक ट्रेलरमा निखिलले नेपाली फिल्ममा केहि नयाँ लाग्ने प्रकारका एक्सन प्रधान दृश्य दिएका छन् भने नव अभिनेता विश्वलाई पनि एक्सन अबतारमा भेट्न सकिन्छ । डेब्यू अभिनेत्री सारालाई आकर्षक लुक्समा प्रस्तुत गरिएको छ ।
रामजी लामिछानेले निर्देशन गरेको फिल्ममा द्वन्द्व निर्देशन हिमाल केसीको छ । त्यसो त निखिलले पछिल्ला प्रायः फिल्ममा हिमालसँग नै एक्सनमा साझेदारी गरेका छन् । फिल्मलाई सौरभ लामाले खिचेका हुन् ।