मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री क्याट्रिना कैफ हाल छायांकनरत फिल्म ‘टाइगर जिन्दा है’मा एक्सन लेडीका रुपमा प्रस्तुत हुँदैछिन् । यशराज फिल्मले क्याट्रिनाले फिल्मका लागि लिइरहेको एक्सन तालिमको केही तस्वीरहरु शुक्रबार सार्वजनिक गरेको छ । यशराज फिल्मस्का अनुसार फिल्ममा क्याट्रिना केही दृश्यमा फाइटर गर्लका रुपमा देखिँदैछिन् ।
समाचार अनुसार क्याट्रिना हलिउडका स्टन्ट निर्देशकसँग स्टन्टका विभिन्न तालिम लिइरहेकी छन् । यो फिल्मको निर्देशन अली अब्बास जफरले गरिरहेका छन् । यो फिल्मको आगामी सेड्युलको सुटिङ मोरोक्कोमा हुनेछ ।
यो फिल्म यशराज फिल्म्सको ‘एक था टाइगर’को सिक्वेल हो । यसमा अभिनेता सलमान खान र क्याट्रिना मुख्य भूमिकामा छन् । सलमान र क्याट्रिनाले यसअघि ‘एक था टाइगर’, ‘युवराज’, ‘मैंने प्यार क्यों किया’ र ‘पार्टनर’ जस्ता फिल्ममा सँगै काम गरिसकेका छन् ।