मुम्बई(एजेन्सी) । सन् २०१८ साल बलिउडका लागि स्टारका सन्तानको वर्ष पक्कै हुनेछ । श्रीदेवी–बोनी कपूरका छोरी जह्नावी कपूर, शाहिद कपूरका सौतेला भाई इशान, सैफ़ अली खान–अमृता सिंहका छोरी जस्ता स्टारका सन्तान आगामी वर्षबाट बलिउडमा डेब्यु गर्दैछन् ।
समाचार अनुसार शाहरुख खानको परिवारको नयाँ पुस्ता पनि फिल्ममा आउने तयारी गरिरहेका छन् । शाहरुख खानको छोरा आर्यन बलिउडमा आउने चर्चा चलिरहँदा उनकी छोरी सुहाना खान दाजु भन्दा अगाडि नै बलिउडमा आउने तयारीमा छिन् । उनलाई फिल्ममेकर करण जोहारले २०१८ मा फिल्म क्षेत्रमा डेब्यु गराउँदैछन् ।
समाचार अनुसार सुहाना अभिनय गर्न माहिर छिन् । उनको अभिनयमा प्राकृतिक गुण छ । उनी लामो समयदेखि थिएटरमा सक्रिय छिन् । एक नाटकमा शबाना आजमीले सुहानालाई देखेपछि उनको अभिनयको तारिफ गरेकी थिइन् । अभिनयमा आफ्नो करियर बनाउनका लागि सुहाना निकै गम्भीर पनि छिन् ।